प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८३-०३-०२

  • A
  • A-
  • A+
Share

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिक, ऐ.९ त्रिवेणीघाट र टिकापुर न.पा.९ भयाभाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४१,४८०।बराबरको कुर्ता सुरवाल, कुर्ती, माछा मार्ने जाल, सिद्रा माछा, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०२

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ गुलरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५२० मिलिग्राम, इलेक्ट्रोनिक काटा र रु.१,५२,०००।- नगद  सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने हरुमा सोही ठाउँ बस्ने वर्ष २३ को राजेश राना,  वर्ष २४ को दिवाकर भुल र वर्ष ३० को जयराम राना रहेका छन । लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।