प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-०४

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.७ कृतिपुर स्थित सुखड भजनी खडक खण्डबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ५८० मिलिग्राम सहित ३ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.१ बस्ने बर्ष २९ को खेमराज मल्ल, बर्ष २९ को बालाराम पोख्रेल र १६ बर्षिय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०८ प २८८८ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।

     बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.४ गोठलापानि बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष ३१ को प्रविन भट्टलाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।