प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०३-०४

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय तोकिएकी धनगढी उ.म.न.पा.१३ एयरपोर्ट बस्ने अम्पुरा पाण्डेयलाई वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले वुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

    यसैगरी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७८।०८।२६ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ बर्ष ८ महिना १७ दिन कैद सजाय र रु.२५,०००।जरिवाना तोकिएको जिल्ला बझाङ, बुङगल न.पा.२ घर भई हाल जिल्ला कैलाली, गोदावरी न.पा. ४ गौरीगडा बस्ने बर्ष ६३ को गगने धामीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,  जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले वुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

     बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८२।०२।०६ गतेको फैसलाले कुटपिट सम्बन्धि मुद्दामा २ महिना २ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको स्वामिकार्तिक खापर गा.पा.३ बस्ने बर्ष ४० को अनिल सिंहलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले वुधबार बडिमालिका न.पा.९ मार्तडी बजारबाट पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।