प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८३-०३-०७

  • A
  • A-
  • A+
Share

     कैलाली:-  जिल्ला कैलाली लम्कीचुहा न.पा.३ बल्चौर स्थित घर नजिकै पानी नभएको नालामा सोही ठाउँ बस्ने बर्ष ३८ को बुद्धि राम चौधरी शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।   घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०७

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१७ पथरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २६ को शंकर चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१५ निम्बुखेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३२० मिलिग्राम सहित सोही ठाउँ बस्ने समिर नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले निजलाई चेकजाँच गर्दा उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     अछाम:- जिल्ला अछाम मंगलसेन न.पा.८ ग्यानेगैडी स्थित सोही ठाउँ बस्ने बर्ष ५७ को भैरव प्रसाद भाटले संचालन गरेको किराना तथा चिया नास्ता पसलबाट ८ ग्राम १९० मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ र ५०० वटा सुकाएका गाँजाका बोट सहित निजलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरी चौकी मंगलसेन, अछामबाट खटिएको प्रहरीले निजको पसल खानतलासी गर्दा पसल भित्र रहेको टेवल भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०६

   कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.८ श्रीलङ्काबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित जिल्ला बर्दिया, राजापुर न.पा.७ भिमापुर बस्ने बर्ष १९ को सनम थारुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ जेपि चोकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ५७० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २५ को बेख लालराना र बर्ष २८ को भक्तु राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले निजहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बस दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८३-०३-०६

    बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.४ साईलेक स्थित दशरथचन्द राजमार्गमा धनगढीबाट बैतडी तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी २५/३० मिटर तल खस्न गई शुक्रबार साँझ दुर्घटना हुँदा बसमा सवार सोही न.पा.६ बस्ने वर्ष ३५ को विरेन्द्र बहादुर चन्दको मृत्यु भएको हो, उक्त बसमा सवार ११ जना घाइते मध्ये १ जना थप उपचारको लागि धनगढी रिफर भएको, १ जना घाईतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ भने अन्य ९ जना डिस्चार्ज भइसकेका छन, बस चालक जिल्ला बैतडी, पाटन न.पा.८ बस्ने बर्ष ३७ को केशब सिंह महरालाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।