अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-१४
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.५ शिवनगर र कैलारी गा.पा.३ भितरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७३,०००।– बराबरको टेन्टको कपडा, कस्मेटिक, किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेदकोट न.पा.७ गाउँगी र बेलौरी न.पा.१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।– बराबरको पेय पदार्थ, बोइलर कुखुरा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
बैतडी:- जिल्ला बैतडी दशरथ चन्द न.पा.६ दानि बगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,२३,२००।– बराबरको ४०४ बण्डल मोहनलाल हरगोबिन्दास बिडी शनिबार बेलुकी जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
दार्चुला:- जिल्ला दार्चुला शैल्यशिखर न.पा.९ गोकुलेश्वरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,१००।– बराबरको बिडी, मिश्री, चामल, पास्ता लगायतका सामानहरु शनिबार इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।