प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-१४

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम २७० मिलिग्राम सहित जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २१ को किरन भट्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम २७० मिलिग्राम सहित जिल्ला बर्दिया, राजापुर न.पा.६ बस्ने बर्ष २३ को प्रमेश थारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

     यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गा.पा.३ बस्ने बर्ष २१ को राहुल तिरुवा र बर्ष १९ को सुरेश खनाल रहेका छन् । प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

       यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा.८ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा. १ ब्लक नम्बर २३ बस्ने बर्ष २३ को प्रशान्त थापा र जानकी गा.पा.३ लाएकपुर बस्ने बर्ष २४ को अर्जुन ऐडी रहेका छन् । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

      दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा.९ बेतबाट मालिकार्जुन गा.पा.१ भर्तोला बस्ने बर्ष २६ को मनिष सामन्तलाई ६ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सु.प.प्र.०१-००८ प २९६ नम्बरको मोटरसाइकलमा सवार निजलाई खलङ्गा बाट गोकुलेश्वर तर्फ जादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई पक्राउ गरेको हो ।

       डडेल्धुरा:-  जिल्ला डडेल्धुरा परशुराम न.पा.७ सादनी सिद्धनाथ टोल स्थित सोही ठाउँ बस्ने वर्ष ४७ को जय बहादुर बोहराले सञ्चालन गरेको आशिस खुद्रा पसलबाट २० ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बिक्रि बितरण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले निजले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा काउन्टरको र्‍याकमा लुकाइ छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।