प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-१५

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली गोदावरी नगरपालिका-१ अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ २ किलो ९५ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सेकुवा सेन्टरका संचालक सोही ठाउँ बस्ने डडेल्धुरा घर भएका ४५ वर्षीय शंकर कुमार शाही र धनगढी उपमहानगरपालिका-१ बस्ने कञ्चनपुर घर भएका ५२ वर्षीय मिन राज भट्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले  सेकुवा सेन्टर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

     यसैगरी,  जिल्ला कैलाली गोदावरी नगरपालिका-१ अत्तरिया स्थित धनगढी सडक खण्डबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १ किलो २३६ ग्राम सहित सोही नगरपालिका २ बस्ने बर्ष ३८ को धर्म धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा  खटिएको प्रहरीले  शंकास्पद रुपमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो ।

    बझाङ:- जिल्ला बझाङ जयपृथ्बी न.पा.९ रानिबन स्थित रानिबन होटेल एण्ड लजबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ करिव १२ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटेलका सञ्चालक सोही ठाउँ बस्ने वर्ष २१ को रोहित खड्का र जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ घर भई हाल जिल्ला बझाङ जयपृथ्वी न.पा.१० चैनपुर बस्ने वर्ष २७ को साजन जोशी रहेका छन । लागूऔषध सेवन गरिरहेका छन भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले  निजहरुलाई तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।