प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०३-१६

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

१. चेक अनदार मुद्दामा २ बर्ष कैद सजाय तोकिएको धनगढी उ.म.न.पा.५ बस्ने बर्ष ५८ को महेश सिंह धामी ।

२. चेक अनदार मुद्दामा २ बर्ष कैद सजाय तोकिएको धनगढी उ.म.न.पा.२ बस्ने बर्ष ५२ को भुपेन्द्र सिंह धामी ।

३. वैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र रु. ७३,०००।– जरिवाना तोकिएको जिल्ला बझाङ, बित्थडचिर गा.पा. ७ बस्ने बर्ष ४७ को रघुनाथ जोशी ।

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०३।२४ गतेको फैसलाले बन सम्बन्धी कसुर मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.४ देखतभुली बस्ने बर्ष ३२ को तिर्थलाल रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । 

     अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८१।११।११ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ९ दिन कैद सजाय तोकिएको मंगलसेन न.पा.३ बस्ने वर्ष ३५ को नृप बहादुर बोगटीलाई प्रहरी चौकी मंगलसेन, अछामबाट खटिएको प्रहरीले सोमबार सोही न.पा.५ मंगलसेन बजारबाट पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।