प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१२ लम्साल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९५० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २८ को निशान भण्डारी र १५ बर्षिय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११  गड्डाचौकी होल्डिङ सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३०० मिलिग्राम सहित बेतकोट न.पा.७ बसन्तपुर बस्ने बर्ष २९ को अजय डगौरालाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     बझाङ:-  जिल्ला बझाङ जयपृथ्वी न.पा.६ नौरा स्थित सोही ठाउँ बस्ने वर्ष ३२ को बिमल कुमार सिंहले सञ्चालन गरेको मष्टा किरना पसलबाट ३५ ग्राम ७८० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध चरेश बिक्रि बितरण गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले निजले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा पसल भित्र र्‍याकमा लुकाइ छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

      डडेल्धुरा:-  जिल्ला डडेल्धुरा अजयमेरु गा.पा.१ मदुराड स्थित सोही ठाउँ बस्ने वर्ष ४५ को सन्तोष भण्डारीले सञ्चालन गरेको खुद्रा पसलबाट १७१ ग्राम ४६० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखरा, डडेल्धुराबाट खटिएको प्रहरीले निजले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा पसल भित्र लुकाइ छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-३१

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६३,९३०।– बराबरको बिडी, सुर्ति, किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४६,६००।– बराबरको पेय पदार्थ, विभिन्न किसिमका कपडा, पटका, झिरझिर बत्ति लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०४-३०

कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०४।२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।१.    वन्यजन्तु तथा अबैध शिकार मुद्दामा जनही २१ दिन कैद सजाय र रु.५,०००।– (पाँच हजार) जरिवाना तोकिएका लालझाडी गा.पा.५ देखतभुली बस्ने वर्ष ३९ को श्याम कुमार राना, ऐ. बस्ने वर्ष ४० को जङ्ग बहादुर राना र ऐ. बस्ने वर्ष ४१ को राम साहेब राना  ।२.    चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकिएको भिमदत्त न.पा.१ राजिपुर बस्ने वर्ष २५ को पंकज मिस्त्री ।        अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको फैसलाले लागूऔषध खैरो हेरोइन मुद्दामा ९ दिन कैद सजाय तोकिएको बान्निगढी जयगढ गा.पा.२ जनालिकोट बस्ने नबिन राज उपाध्यायलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।