प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०३-१७

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०८।०१ गतेको फैसलाले अपराधिक उपद्र मुद्दामा २ महिना १० दिन कैद सजाय र रु.३,०००।–जरिवाना तोकिएको कृष्णपुर न.पा.४ बस्ने बर्ष ५९ को रण बहादुर बोहरालाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुर समेतबाट खटिएको प्रहरीले मंगलबार साँझ गुलरिया बजारबाट पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-०१

कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.१० लठैया स्थित भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २४ को जितेन्द्र चौधरीलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सुखड, कैलाली समेतबाट खटिएको प्रहरी टोलीले सु.प.प्र.०१-००८ प ५८३५ नम्वरको मोटरसाइकलमा सवार निजलाई शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको छ ।        यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा.१ ब्लक नं. २९ मेन्थाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २५ को नबिन भण्डारीलाई आइतबार साँझ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३२० मिलिग्राम सहित जिल्ला बर्दिया, राजापुर न.पा.७ भिमापुर बस्ने वर्ष २१ को अमन चौधरीलाई आइतबार साँझ प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-३१

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६३,९३०।– बराबरको बिडी, सुर्ति, किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४६,६००।– बराबरको पेय पदार्थ, विभिन्न किसिमका कपडा, पटका, झिरझिर बत्ति लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।