प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पावर टेलर अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु

२०८३-०३-१८

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली जानाकी गा.पा.८ आमपुर भक्रैया स्थित वुधबार बिहान  सोही न.पा.५ पथरैया बस्ने बर्ष २५ को नरेन्द्र चौधरीले चलाएको पावर टेलर अनियन्त्रीत भई पल्टिदा चालक नरेन्द्र चौधरी गम्भिर घाइते भई उपचारको लागि टिकापुर अस्पताल टिकापुर लगिएकोमा उपचारको क्रममा सोही साँझ मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।