प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०३-१८

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैङकिङ कसुर मुद्दामा २ दिन कैद सजाय र रु.१५,०००।– जरिवाना तोकिएको धनगढी उ.म.न.पा.५ बस्ने बर्ष ४३ को कृष्ण चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले वुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

      बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले जारी मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको दोगडाकेदार गा.पा.१ बस्ने बर्ष ६५ को अजुवा भण्डारीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले वुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

      बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८२।०२।०६ गतेको फैसलाले कुटपिट सम्बन्धि मुद्दामा २ महिना ३ दिन कैद सजाय र रु.५,०००।– जरिवाना तोकिएको स्वामीकार्तिक खापर गा.पा.३ बस्ने बर्ष ३० को उत्तम सिंहलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले वुधबार बडिमालिका न.पा. ८ गैरी बजारबाट पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।