प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-१९

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका-२ नयाँबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३० ग्राम ९३० मिलिग्राम सहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष ४० को लाल बहादुर सुनार, बर्ष ३१ को हेमराज जोशी, बेतकोट नगरपालिका-७ दैजी बस्ने बर्ष ३१ को बिमल पाण्डे र जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका-५ तारानगर बस्ने बर्ष २५ को अशोक पाण्डे रहेका छन् । लागूऔषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट बाणी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले निजहरुलाई बि.ए.ए. १३५१ नम्बरको स्कारपियो समेत फेला पारि स्कारपियो र उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

       कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.१ थकालिपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १५० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २३ को ललित राना क्षेत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।