प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८३-०३-२१

  • A
  • A-
  • A+
Share

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौराह र मिलन चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,८६,२५०।– बराबरको साडी, सुटपिस, कुर्ति, धोति, गन्जि, कट्टु लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-२१

     कैलाली:-  जिल्ला बझाङ केदारस्युँ गा.पा.घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ LN चोक स्थित बर्ष ३२ की कुसला शाहीले सञ्चालन गरेको पदम सपिंङ कम्प्लेक्स भित्र रहेको समता क्याफेबाट २० ग्राम ६६० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले निजले सञ्चालन गरेको पसलमा शंका लागि खानतलासी गर्दा काउन्टर भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो ।      यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ बेलीबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ५० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ बर्षिय र १७ बर्षिय किशोर रहेका छन ।  प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१४ प ३१६३  नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-२०

      कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ५४० मिलिग्राम सहित सोही न.पा.१ बस्ने बर्ष २८ को काशी राम आउजीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७४० मिलिग्राम सहित गोदावरी न.पा.२ बस्ने बर्ष २२ को अमित सार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिबादी पक्राउ
२०८३-०३-२०

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको २०५६।१२।१३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिई  मिति २०६१।१०।२७ गते कैलाली कारागारबाट भगी फरार रहेको टिकापुर न.पा.१ बनगाउँ बस्ने बर्ष ४५ को धन बहादुर घर्ति मगरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।     अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको २०८१।११।२२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना २१ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ घर भई हाल जिल्ला अछाम, साँफेबगर न.पा.४ जनकल्याण टोलमा कोठागरी बस्ने बर्ष ३७ को सुनिल चौधरीलाई इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो साँफेबगर न.पा.१० ठाटी बजारबाट पक्राउ गरेको हो ।     दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको २०८३।२।२९ गतेको फैसलाले लिखत सम्बन्धी कसूर मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको मालिकार्जुन गा.पा. ८ बस्ने बर्ष ३९ को अशोक सिह खत्रीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।