अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-२०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ५४० मिलिग्राम सहित सोही न.पा.१ बस्ने बर्ष २८ को काशी राम आउजीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७४० मिलिग्राम सहित गोदावरी न.पा.२ बस्ने बर्ष २२ को अमित सार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।