प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०३-२०

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको २०५६।१२।१३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिई  मिति २०६१।१०।२७ गते कैलाली कारागारबाट भगी फरार रहेको टिकापुर न.पा.१ बनगाउँ बस्ने बर्ष ४५ को धन बहादुर घर्ति मगरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

     अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको २०८१।११।२२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना २१ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ घर भई हाल जिल्ला अछाम, साँफेबगर न.पा.४ जनकल्याण टोलमा कोठागरी बस्ने बर्ष ३७ को सुनिल चौधरीलाई इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो साँफेबगर न.पा.१० ठाटी बजारबाट पक्राउ गरेको हो ।

     दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको २०८३।२।२९ गतेको फैसलाले लिखत सम्बन्धी कसूर मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको मालिकार्जुन गा.पा. ८ बस्ने बर्ष ३९ को अशोक सिह खत्रीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।