प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-२२

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली जानकी गा.पा.४ मनुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष ४१ को रमेश कुमार रावत कठरिया, टिकापुर न.पा.४ बस्ने बर्ष २४ की सोनु राजवंशी र जोशीपुर गा.पा.१ बस्ने १८ बर्षिय किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले रमेश कुमार रावत कठरियाको घर-कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा  खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित तिनै जनालाई पक्राउ गरेको हो ।

       यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध गाजाँ जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित सोही उ.म.न.पा.३ बस्ने बर्ष २४ को महेश चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

      दार्चुला:-  जिल्ला दार्चुला महाकाली न.पा.४ पुलघाटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ८ ग्राम  सहित नौगाड गा.पा. ४ घर भई हाल महाकाली न.पा.४ मोहती बस्ने बर्ष २० को सुरज ठगुन्नालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पुलघाट, दार्चुलाबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।