अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-२५
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौराह, भजनी न.पा.५ ठेकीपुल र हलौनाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१८,६५०।– बराबरको बिडी, सुर्ति, पेय पदार्थ, ल्वाङ, सुकमेल, कुर्ति, सुटपिस, सिद्रा माछा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु वुधबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३३,०००।– बराबरको चिनी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु वुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।