प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-२५

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित २ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २२ को कमल दमाई र बर्ष २२ को शाहिल दमाई रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले कमल दमाईको घर कोठा भित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारि  निजहरु दुवै जनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

     यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ बजारबाट नियन्त्रित लागूऔषध डाइजापाम एम्पुल थान-२, ब्रोफिन नाफडा एम्पुल थान-८, फेनारगन एम्पुल थान-८ र सिरिन्ज थान-३ सहित बेतकोट न.पा.१ पिपलथला घर भइ हाल भिमदत्त न.पा.४ बजार स्थित कोठा गरि बस्ने बर्ष २२ को गोबिन्द बहादुर साँउदलाइ  वुधबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले निजको कोठा खानतलासी गर्दा उक्त नियन्त्रित लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।