भरुवा वन्दुक बरामद
२०८३-०३-२५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.५ पवेरा सामुदायिक वन भित्र लुकाई छिपाई राखेको बेबारिसे अवस्थामा एक नाले भरुवा बन्दुक १ थान वुधबार बेलुकी प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।