प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-२४

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१९ बागफाँटा शुक्रराज टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.१६ बस्ने बर्ष २४ को अनिल डगौरा र सोही न.पा.९ मटेना बस्ने बर्ष २७ को महेश ओड रहेका छन् ।  लागूऔषधको कारोवार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी बागफाँटा, कञ्चनपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

     यसैगरी, जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७८० मिलिग्राम, गाँजा ८० ग्राम र एकनाले भरुवा बन्दुक थान-१ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष ३४ को जोकराज राना र निजको श्रीमती बर्ष ३८ की जानकी राना रहेका छन् ।  निजको घरमा लागूऔषधको कारोवार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, इलाका प्रहरी कार्यालय गुलरिया र  इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले निजको घर कोठा खाँनतलासी  गर्दा उक्त पदार्थ र भरुवा बन्दुक  फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।