प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

२०८३-०३-२६

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं ५ तारानगर स्थित ऐ. बस्ने हरि प्रसाद पडालको घरबाट जुवातास खेलिरहेको अवस्थामा निज हरि प्रसाद पडाल सहित ७ जनालाई विहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.२५,४५०।– र ३ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    

    यसैगरी, जिल्ला कैलाली लम्कीचुहा नगरपालिका १ मोतिपुर बजार स्थित रहेको गोपाल हमालको सपना नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा निज गोपाल हमाल सहित १४ जनालाई विहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.५०,१६०।– र ९ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।