अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-३०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ राधास्वामीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम १३० मिलिग्राम सहित ऐ.१ बस्ने वर्ष ३२ को सञ्जय यादव, वर्ष ४२ को सम्भु श्रेष्ठ, १६ वर्षिय किशोर र ऐ.५ बस्ने बर्ष २० को क्रिस बमलाई शुक्रबार बेलुकी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरु चारै जनालाई पक्राउ गरेको छ ।