प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०४-३०

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०४।२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

१.    वन्यजन्तु तथा अबैध शिकार मुद्दामा जनही २१ दिन कैद सजाय र रु.५,०००। (पाँच हजार) जरिवाना तोकिएका लालझाडी गा.पा.५ देखतभुली बस्ने वर्ष ३९ को श्याम कुमार राना, ऐ. बस्ने वर्ष ४० को जङ्ग बहादुर राना र ऐ. बस्ने वर्ष ४१ को राम साहेब राना  ।

२.    चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकिएको भिमदत्त न.पा.१ राजिपुर बस्ने वर्ष २५ को पंकज मिस्त्री ।

       अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको फैसलाले लागूऔषध खैरो हेरोइन मुद्दामा ९ दिन कैद सजाय तोकिएको बान्निगढी जयगढ गा.पा.२ जनालिकोट बस्ने नबिन राज उपाध्यायलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२१

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,१४,८८२।– बराबरको चिनी, मिठाई,  टाई, वेल्ट, कस्मेटिक लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर :- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ नहररोडबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३२,७००।–  बराबरको सुर्ति  शनिबार राति इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२०

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२६,४००।– बराबरको कुर्ति, साडी, धोती, सुटपिस, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३०,१९,४४०।– बराबरको सुर्ति, विभिन्न कम्पनिका मोवाइलका डिस्प्ले, बिस्कुट, प्लाष्टिक झिल्ली, भारतीय नम्बरको स्कारपिओ, मोटरसाइकल थान-१ लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।