जवरजस्ती करणी गरेको अभियोगमा मानिस पक्राउ
२०८३-०४-२९
- A
- A-
- A+
कैलाली:- १५ वर्षिया वालिकालाई जबरजस्ती करणी
गरेको अभियोगमा जिल्ला कैलाली गौरीगंगा न.पा. वडा नं. ०९ बस्ने वर्ष ८४ को बिर
बहादुर जाग्रीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निजले ती वालिकालाई
जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।