भरुवा बन्दुक सहित मानिस पक्राउ
२०८३-०५-१९
- A
- A-
- A+
अछाम:- जिल्ला अछाम मेल्लेख गा.पा.६ सिमसेली बस्ने वर्ष ३३ को भिम बहादुर खत्रीले आफ्नै गाई गोठमा भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरी टोलीले निजको घरगोठमा खानतलासी गर्दा उक्त बन्दुक फेला पारी बन्दुक सहित निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।