फरार प्रतिवादी पक्राउ
२०८३-०५-१९
- A
- A-
- A+
दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०८३।०१।२३ गतेको फैसलाले जुवातास मुद्दामा २७ दिन कैद सजाय र रु.२००।- (दुई सय) जरिवाना तोकिएको महाकाली न.पा.०४ बस्ने वर्ष २९ को अशोक सिंह कुवरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।