करेन्ट लागेर वालिकाको मृत्यु
२०८३-०५-२०
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला शैल्यशिखर न.पा.८ देवल बस्ने पुष्पराज जोशीको ३ वर्षिया छोरी प्रिन्सा जोशी घरको कोठामा रहेको बिद्युतको पलकको प्वाल भित्र औला हाल्दा करेन्ट लागेर घाइते भई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला लगिएकोमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।