अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२१
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१ फटैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाँडी बस्ने वर्ष २३ को नितेश रानालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार बिहान सु.प.प्र ०१-०१२ प ७७७० नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।