अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२२
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४७,०२०।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,७८५।– बराबरको बिडी, सुर्ति, मिठई, दाल, नरिवल, बिस्कुट, फलफुल, तरकारी लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।