फरार प्रतिबादी पक्राउ
२०८३-०५-२३
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले
कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०५।२२
गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले
पक्राउ गरेको छ ।
१. ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद सजाय
र रु. २०,०००।– ( बिस हजार ) जरिवाना तोकिएको धनगढी
उप-महानगरपालिका ८ बस्ने वर्ष ३८ को नन्दलाल राना थारु ।
२. अंगभंग मुद्दामा ३ महिना कैद सजाय तोकिएको
गोदावरी न.पा.१ बस्ने वर्ष ३० को नबिन बिष्ट ।
यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना २० दिन कैद सजाय र रु. १,४०,०००।- (एक लाख चालिस हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.१२ बस्ने वर्ष ३९ को पदम बहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति कञ्चनपुरको वडा एरियामा फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीमा वुझाएको छ ।