अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली
कैलारी गा.पा.५ छोटकी पलियाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.१,२३,०००।– बराबरको
सुटपिस, साडी
लगायतका सामानहरु सोमबार राति इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट
खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।