अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२४
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहराबाट
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ६९० मिलिग्राम सहित सोही ठाउँ
बस्ने वर्ष २३ को शिब्जु रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी
टोलीले मंगलबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको
छ ।
दार्चुला:- जिल्ला दार्चुला महकाली न.पा.४ खलङ्गा बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ५ ग्राम सहित सोही न.पा.२ पनौडा घर भई हाल ऐ.४ बाङ्गाबगड बस्ने १८ वर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।