अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२५
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली लम्कीचुहा न.पा. ४ खल्लाबाट
अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३०० मिलिग्राम र नियन्त्रित
लागूऔषध ट्रमाडोल २९ ट्याब्लेट, एविल
२८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने वर्ष २२ को शंकर देउवा र वर्ष २० को पुर्ण
बहादुर चन्दलाई इलाका प्रहरी कार्यालय लम्की,
कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध
फेला पारी पक्राउ गरेको छ ।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुर स्थित लिटिल स्टार स्कुल नजिकबाट गोप्य सुचनाको
आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४२० मिलिग्राम सहित
जिल्ला डोटी, दिपायल
सिलगढी न.पा.८ लडागडा घर भई हाल कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुर कोठा गरि बस्ने
वर्ष २३ को रमेश कुञ्जेडालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण
ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार
साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।