अवैध भन्सार छलिका सामान सहित ९ जना मानिस पक्राउ
२०८३-०५-२४
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर भिमदत्त न.पा.११ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि
गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,०००।– बराबरको
चिनी, दाल,
खाने तेल, सोनपापडी,
किराना लगायतका सामान सहित बेदकोट न.पा.१०
बस्ने वर्ष ३२ की ज्योती डगौरा, वर्ष
२४ की सोनु डगौरा, बर्ष २० की
नेहा चौधरी, भिमदत्त
न.पा.२ बस्ने वर्ष ३५ की तारा कुँवर, वर्ष
४० की भावना चन्द, ऐ.८ बस्ने
वर्ष ३५ की लक्ष्मी नेपाली, ऐ.१९
बस्ने वर्ष २४ की पशुपती धामी, वर्ष
४० की बिमला चन्द र वर्ष ३५ की मिना धामी समेत ९ जनालाई इलाका प्रहरी कार्यालय
गड्डाचौकी, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले मंगलबार साँझ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक
कारबाहीको लागि भन्सार कार्यालय गडडाचौकी, कञ्चनपुर
पठाइएको छ ।
कैलाली:- कैलाली
जिल्लाको भजनी न.पा.५ मिलनपुर र हलौनाबाट
अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५५,०००।–
बराबरको सुटपिस,
लसुन, धनियाँ
लगायतका सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर,
कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे
अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।