अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी
उ.म.न.पा.८ धनगढीगाउँबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य
रु.१,१३,४५०।– बराबरको
विभिन्न किसिमका कपडा, औषधि,
सुर्ति लगायतका सामानहरु बिहीबार राति जिल्ला
प्रहरी कार्यालय कैलालीबाट
खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी
नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.१,५९,२५५।–
बराबरको पेय पदार्थ, सुटपिस,
साडी, धोती,
युरिया मल, प्लाष्टिक
झिल्ली, कस्मेटिक
लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट
खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी
नियन्त्रणमा लिएको छ ।