अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२६
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली धनगढी उ.म.न.पा.७ जनआवाज चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने
धुलो पदार्थ ६६० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को सुवास रानालाई लागूऔषध
नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट मनेहरा,
कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंका लागि चेकजाँच
गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला
कैलाली टीकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो
पदार्थ १ ग्राम ९४० मिलिग्राम सहित जिल्ला बर्दिया, गेरुवा
गा.पा.३ शान्तीबजार बस्ने १८ वर्षिय र १७ वर्षिय २ जना किशोरलाई प्रहरी चौकी
कालाकुण्डा, कैलालीबाट
खटिएको प्रहरी टोलीले बिहीबार साँझ पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच
गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर भिमदत्त न.पा.४ भासी स्थित लागूऔषध (खैरो हेरोईन) को कारोबार भईरहेको छ
भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ११
ग्राम सहित सोही न.पा.११ घर भई हाल भिमदत्त न.पा.४ भासी कोठा गरि बस्ने वर्ष ३३ को
राजेश थापामगर र शुक्लाफाँटा न.पा.१२ कालागौडी बस्ने वर्ष ५३ की सुनिया चौधरीलाई
लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट भासी,
कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो राजेश थापामगरको
कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई
पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।