फरार प्रतिबादी पक्राउ
२०८३-०५-२६
- A
- A-
- A+
डडेल्धुरा:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको
फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति
२०८३।०५।२५ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तथा मातहत कार्यालयबाट खटिएको
प्रहरी टोलीले पक्राउ गरेको छ ।
१. अभद्र
व्यवहार मुद्दामा २ महिना १९ दिन कैद सजाय र रु.५,०००।– (
पाँच हजार ) जरिवाना तोकिएको भागेश्वर गा.पा.४ बस्ने वर्ष २३ को सुरेन्द्र राज भट्ट
।
२. अवैध
हातहतियार मुद्दामा १ वर्ष २ महिना १० दिन कैद सजाय र रु.३०,०००।– (
तिस हजार ) जरिवाना तोकिएको आलिताल गा.पा.४ बस्ने वर्ष ४४ को दिपक बहादुर सिजाली ।