जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
२०८३-०६-२६
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा.४ कलुवापुर स्थित सोही ठाउँ बस्ने वर्ष ४० को भोज बहादुर ऐरले सञ्चालन गरेको रोड साईड रेष्टुरेन्टमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा निज भोज बहादुर ऐर समेत ५ जनालाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु.३०,०४०।– ( तिस हजार चालिस ) र ३ गड्डी तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।