अबैध भन्सार छलिका सामान सहित ३ जना मानिस पक्राउ
२०८३-०६-२७
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा गाउँबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै
गरेका अन्दाजी मूल्य रु.८९,९५०।- ( उनानब्बे हजार नौ सय पचास) बराबरको भाँडा वर्तन, किरानाका सामान,
साइकल थान-३ सहित भारत लखिमपुर खिरी ग्राम पञ्चायत बिनौरा बस्ने वर्ष २२ को वसी
साहा, वर्ष २४ को नसिम साहा र वर्ष २० को सुहेल खाँनलाई अस्थायी
प्रहरी पोष्ट मनेहरा, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो फेला पारी
आवश्यक प्रक्रिया पुरा गरी उक्त सामान सहित निजहरु तिनै जनालाई नियन्त्रणमा लिएको
छ ।
यसैगरी, कैलाली
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.१,२८,०३०।– बराबरको साडी,
सुटपिस, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत
कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया
पुरा गरी नियन्त्रणमा लिएको छ ।