अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२७
- A
- A-
- A+
कञ्चनपुरः-
जिल्ला कञ्चनपुर बेदकोट न.पा.१० शिद्धनाथ चोक
स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने
वर्ष ३२ को यादव शाहुको घरकोठा खाँनतलासी गर्दा कोठा भित्र लुकाई छिपाई राखेको
अवस्थामा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ६९०
मिलिग्राम फेला पारी सोही कोठा भित्र रहेका ऐ.१ बस्ने वर्ष
३० को मुकेस मल्ल र ऐ.३ बस्ने वर्ष ३२ को
महेन्द्र चन्द समेत तिनै जनालाई सोमबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा
कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट दैजी, कञ्चनपुरबाट
संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।