अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-२३
- A
- A-
- A+
कञ्चनपुर:- बेलौरी नगरपालिका-४ प्रेमनगरबाट अवैध लागूऔषध
खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-८
मझगाउँ बस्ने ३३ वर्षीय अशोक चौधरी र २६ वर्षीय उपेन चौधरी रहेका छन् । इलाका
प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ
गरेको हो ।
यसैगरी, जिल्ला
कञ्चनपुर शुक्लाफाँटा न.पा.१२ कुण्डाबाट लागूऔषधको कारोवार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ
१९ ग्राम ८ मिलिग्राम सहित सोही न.पा.८ बस्ने वर्ष ३१ को गोबिन्द महरालाई लागूऔषध
नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट बन्साहा, कञ्चनपुरबाट संयुक्त रुपमा
खटिएको प्रहरी टोलीले आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी
पक्राउ गरेको छ ।
कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.१ हसुलियाबाट अवैध
लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ३ ग्राम २७५ मिलिग्राम सहित सोही न.पा.४ के
गाँउ बस्ने वर्ष २० को अजय चौधरी,
वर्ष २२ को सुकराज चौधरी र वर्ष २० को निखिल चौधरीलाई इलाका प्रहरी
कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार
राति लु.प्र. ०३-००१ प २२८० नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच
गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।