अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ ठेकीपुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.७६,६००।– बराबरको पटका,
स्विच, सोल्डिङ वायर, TV रिमोट, ब्याट्री चार्जर लगायतका सामानहरु शनिबार बेलुकी इलाका प्रहरी कार्यालय भजनी,
कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त
न.पा.११ चौकीसत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य
रु.१,५७,६१०।–
बराबरको मिठाई, सोन पापडी, सारा बत्ति,
रङ्गोली लगायतका सामानहरु शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय
कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया
पुरा गरी नियन्त्रणमा लिएको छ ।