अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२१
- A
- A-
- A+
कैलाली:-
कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध
रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७४,०५०।–
बराबरको पटका, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे
अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:-
कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध
रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,४०,५५०।–
बराबरको चिनी, मिश्री, मिठाई, नरिवल, विभिन्न
किसिमका कपडा, पटका लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
बैतडी:-
जिल्ला बैतडी दशरथचन्द न.पा.६ कालिबगरबाट अवैध
रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,०००।–
बराबरको बिडी शुक्रबार प्रहरी चौकी सेरा,
बैतडीबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया
पुरा गरी नियन्त्रणमा लिएको छ ।