अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२०
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली जानकी
गा.पा. २ बडरिया स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु. १,३०,०००।–
बराबरको विभिन्न किसिमका पटाका बिहिबार इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको
प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा
लिएको छ ।
कञ्चनपुर:-
कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका
अन्दाजी मूल्य रु. २,४३,७५०।–
बराबरको विभिन्न किसिमका सुर्ति,बिडी,मोबाईलका पार्टपुर्जा र किराना लगायतका
सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय
कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया
पुरा गरी नियन्त्रणमा लिएको छ ।