अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१९
- A
- A-
- A+
कैलाली:-
कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका
अन्दाजी मूल्य रु. ९९,६००।–
बराबरको विभिन्न किसिमका पटाका बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत
कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी
नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:-
कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका
अन्दाजी मूल्य रु. ३०,८००।–
बराबरको विभिन्न किसिमका पटाका र किराना सामान लगायत बुधबार जिल्ला प्रहरी
कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा
फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।