अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली
जानकी गाँउपालिका ६ स्थितबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ७३० मिलिग्राम र १३ ग्राम गाँजा सहित ऐ.ऐ.
वडा नं ८ बस्ने वर्ष २४ को भुवन तिमिल्सिनालाई
इलाका प्रहरी कार्यालय टीकापुर,
कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका
लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी,जिल्ला
कैलाली भजनी न.पा.५
बक्तुरीघाट स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १८ ग्राम
५७० मिलिग्राम सहित जिल्ला कैलाली कैलारी गा.पा. वडा नं ४
हसुलिया बस्ने वर्ष २० को सरोज चौधरीलाई
इलाका प्रहरी कार्यालय पृथ्वीपुर,कैलालीबाट
खटिएको प्रहरी टोलीले मंगलबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी
पक्राउ गरेको छ ।
कञ्चनपुर:- जिल्ला कंचनपुर बेलौरी नगरपालिका ०७
टेडिया स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ३३०
मिलिग्राम सहित जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं १ सुख्खड बस्ने वर्ष २३
को जिबन पार्कीलाई लागुऔषध
नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय
बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागि चेकजाँच गर्दा उक्त
पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं.११ होल्डिग सेन्टर ७ नम्बर पिल्लर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५.४४ ग्राम सहित कञ्चनपुर भिमदत्त न.पा. वडा नं ६ बस्ने वर्ष ३२ को दिपक भाटलाई लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार सु.प.प्र.०२-००३प ४३८५ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।