अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ त्रिनगर ब्यारेल स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ९० मिलिग्राम सहित जिल्ला कंञ्चनपुर कृष्णपुर न.पा.वडा नं ३ बस्ने वर्ष २४ को ज्ञानेन्द्र नेपाली सहित २ जनालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।