फरार प्रतिबादी पक्राउ
२०८३-०७-१७
- A
- A-
- A+
कैलाली
:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३
महिना कैद सजाय र
रु.५,०००।–जरिवाना
तोकिएको जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३
बस्ने वर्ष २० को सलमान खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी
टोलीले सोमबार पक्राउ गरेको छ ।
बझाङ
:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले बहुविवाह सम्बन्ध
कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद सजाय
र रु.१५,६००।–
क्षतिपुर्ति तोकिएको जिल्ला बझाङ तलकोट गा.पा. वडा नं १ बस्ने वर्ष २९ को
बिजय धमेनालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट
खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।