आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८३-०७-२०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टीकापुर
नगरपालिका वडा नं १ स्थित रहेको ओम कृष्ण अस्पतालको अप्रेसन थ्रेटर रुममा
बिद्युतको तार सर्ट हुन बिहिबार बेलुका आगलागी हुँदा अन्दाजी रु.१०,००,०००।-
बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी
नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
अछाम:- जिल्ला अछाम साँफेबगर न.पा.वडा
नं ३ हाँटबजारमा रहेको बैजनाथ फैन्सी स्टोरमा अचानक बिहिबार बेलुका आगलागी हुँदा
अन्दाजी रु.७५,०००।- बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय
बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान
गरिरहेको छ ।